३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

विमानस्थल

गौतम बुद्ध विमानस्थलमा आरएनपी एआर जडान



काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडान गरिने भएको छ । कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन आरएनपी एआर जडानको तयारी थालिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडान गरिने छ । अहिले भैरहवामा पाँच वटा हवाई कम्पनीले हप्तामा २४ उडान गरिरहेका छन् ।

अहिले भइरहेको उडानलाई नियमित राख्न आठ सय मिटर भिजिबिलिटीमा पनि अन्तर्राष्ट्रिय जहाज उडान अवतरण गराउन सक्ने गरी प्रविधिमा आधारित प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस क्याट टु) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार