२७ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025

खानेपानी

मुसिकोटमा २ करोड ४३ लाखको लागतमा खानेपानी सुविधा



पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत रु ६५ लाख, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको रु ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत रु ४३ लाख ९० हजारका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान रु ३७ लाख ५० हजार गरी कुल रु दुई करोड ४३ लाख ८८ हजार लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका एक सय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिए ।

गाउँमा खानेपानी नहुँदा स्थानीयहरूले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो ।

पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार