३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

पुल निर्माण

पाँच वर्षदेखि निर्माणाधीन पुल अलपत्र



काठमाडौं । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बिचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र बनेको छ ।

क्याराभान कन्ट्रक्सनले काम नै शुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि दुई वर्षभन्दा बढी समयदेखि काम अलपत्र परेको हो ।

भेरी कोरिडोरबीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ ।

तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीमा १०० मिटर लामो पक्की पुल निर्माण गर्ने भनिएको थियो । १५ करोड रुपैयाँको लागतमा उक्त पुल निर्माण गर्ने भन्दै पाँच वर्षअघि ठेक्का दिइएको थियो ।

क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाख रुपैयाँ मा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा त कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेको स्थानीयको आरोप छ ।

यसले १०६ मेगाावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २७ मंसिर २०८१, विहीबार