३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

खानेपानी आयोजना

दाङको राप्ति गाउँपालिकाको खानेपानी आयोजनाको निरीक्षण भ्रमण



काठमाडौं । दाङको राप्ति गाउँपालिका–५, ७, ८ मा गत वर्ष निर्माण गरिएको खानेपानी आयोजनाको अनुगमण तथा निरीक्षण भ्रमण सम्पन्न गरिएको छ ।

एसियाली विकास बैंकको सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगर विकास कोष तथा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सह–लगानीमा निर्माण गरिएको खानेपानी आयोजनाको कोषका पदाधिकारीहरूद्वारा शुक्रबार अनुगमण तथा निरीक्षण भ्रमण गरिएको हो ।

राप्ति गाउँपालिकाको तीनवटा वडामा खानेपानी आयोजना निर्माण गर्न नगर विकास कोषबाट ऋण लगानीका लागि २०७६ भाद्र ५ मा सम्झौता सम्पन्न भएको थियो । कूल ठेक्का २९ करोड ५० लाखको २५ प्रतिशत रकमअन्तर्गत ७ करोड २८ लाख कोषबाट ऋण, सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत रकम खानेपानी उपभोक्ता संस्थाबाट व्यहोर्ने गरी आयोजनाको निर्माणकार्य सम्पन्न भएको थियो ।

खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीले हाल चौबिसैँ घण्टा खानेपानीको सेवा प्रदान गरिरहेको जानकारी दिए । तत्काल २२ सय घरधुरीलाई स्वच्छ र गुणस्तरीय खानेपनीको सेवा प्रवाह गरिरहेको छ । यस आयोजनाले जिनाईन वर्ष २०३९ सम्म ५५ सय घरधुरीलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

मासिक पाँच लाख आम्दानी गरिरहेको यस उभोक्ता संस्थाले कोषलाई तिर्नुपर्ने सहुलियत अविधिको ब्याज नियमित भुक्तानी गर्दै आएको छ । यस आयोजनाको सञ्चालन तथा सेवा क्षेत्र विस्तारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार