काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् । गत शुक्रबार उक्त महासंघको केन्द्रीय कार्यसमितिको निर्वाचनबाट घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर, उपाध्यक्ष बागमती प्रदेश पुरुषत्तोम पौड्याल निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा रोशन भोयद्यो, सचिव घनश्याम पोख्रेल, कोषाध्यक्ष अरुणस्तोम त्रिपाठी निर्वाचित भएका छन् ।
सदस्य (लुम्बिनी प्रदेश) दशरथ पौडेल, सुदूरपश्चिम उपेन्द्रप्रसाद अवस्थी, सदस्य तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, गण्डकी प्रदेश लिलाबहादुर अधिकारी, कोशी प्रदेश मणिकुमार प्रसाईं मधेस प्रदेश देवकुमार महत्तो निर्वाचित भएको निर्वाचन अधिकृत नवीन धितालले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया