३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

खानेपानी योजना

लिफ्ट खानेपानी योजना सुरु



काठमाडौं । साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ ।

यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो ।

मादीनदी किनारमा इनार निर्माण सम्पन्न गरी पाइपलाइन विस्तार तीव्र रूपमा भइरहेको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए । उनका अनुसार आयोजनाको ७० र संस्थाको ३० प्रतिशत गरी रु एक करोड ८० लाख लागत रहेको छ ।

‘दोस्रो मादी लिफ्ट योजना सम्पन्नपश्चात् दैनिक आठ लाख लिटर पानी थप हुनेछ,’ व्यवस्थापक गिरीले भने, ‘यसपछि पानी वितरणमा सहज हुने अपेक्षा लिएका छौँ ।’

खानेपानीको समस्या भोग्दै आएका मालपोत लाइन, सत्यवती लाइन र देउराली नगर क्षेत्रका बासिन्दालाई छ इञ्चको पानी सिधै ट्याङ्कीबाट वितरण गर्न लागिएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २ माघ २०८१, बुधबार