५ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025

अवरुद्ध बिपि राजमार्ग दशै अघि नखुल्ने



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ। मन्त्रालयले बिपि राजमार्गको चौकीडाँडादेखि आपँघारी खण्डको विभिन्न स्थानमा गरी करिब १२ किलोमिटर सडक बगाएकाले तत्काल सञ्चालन गर्न नसकिने बताएको हो ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको बताए । उनले भने,‘हामीले सडकको अवस्थाको अवलोकन गर्यौ, सडक धेरे ठाउँमा बगाएको छ, सडक सञ्चालनमा ल्याउन अझै समय लाग्छ ।’ तर उनले खुलाउने प्रयास भने जारी राखिने बताउ सडक खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार