काठमाडौं । एसियाली विकास बैङ्क (एडिबी)ले नेपालका विभिन्न तीनवटा परियोजनाका लागि एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे । सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान र बाँकी…