काठमाडौं । ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएपछि असोज महिनामा नेपालको ऋण दायित्व घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।
भदौ मसान्तमा यस्तो ऋण २५ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । भदौको तुलनामा असोज मसान्तमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण घटेको हो ।
असोज महिनामा सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको नयाँ ऋण लिएको छ । योसँगै चालु आर्थिक वर्षको ३ महिनामा लिएको ऋ १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यो वर्ष सरकारले आन्तरिक र बाह्य समेत गरी कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको ऋण लिने लक्ष्य लिएको छ ।
यसमध्ये आन्तरिक ऋणतर्फ भदौसम्म १ खर्ब १५ अर्ब र बाह्यतर्फ २१ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लिइएको छ । त्यस्तै, यो वर्ष कुल ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य रहेकोमा असोज मसान्तसम्म ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । भदौ मसान्तसम्म यस्तो भुक्तानी ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया