काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज (सोमबार) अपरान्ह पाँच बजे बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो ।
बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने सम्भावना रहेको छ ।
त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली काँग्रेसका कारण सफल हुन सकेका थिएनन् ।
स्रोतका अनुसार संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने तयारीमा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया