काठमाडौं । पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।
दुई देशबीच क्रसओभर पाइलाइन अम्लेखगञ्ज, चितवन, सिलगुडी झापा, टर्मिनलहरूको निर्माण सम्बन्धी सम्झौता भएको हो ।
नेपालको तर्फबार्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका तर्फबाट पेट्रोल, प्राकृतिक ग्यास र शहरी क्षेत्रका हाउजिङ मामिला मन्त्री हर्दिप सिंह पुरीबीच सम्झौता पत्र आदान प्रदान भएको हो ।
सो सम्झौतापछि अब चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुनेछ । त्यहाँ एक लाख बढी किलोलिटर क्षमताको ग्रीन फिल्ड टर्मिनल (डिपो) बनाइने छ ।
हाल मोतिहारी–अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन छ । त्यहाँबाट चितवनको लोथर (६९ किलोमिटर) सम्म लैजान लागिएको हो ।
यसका लागि सरकारले पहिलेदेखि अध्ययन गर्दै आएको थियो । चितवनमा नेपाल आयाल निगमको आफ्नै जग्गामा डिपो बनाइने छ ।
त्यस्तै, शिलगुडी–झापा पेट्रोलियम पाइपलाइन पनि बन्ने भएको छ । इंडियन आयाल कर्पोरेसनको सिलगुडीमा डिपो छ । सोही ठाउँबाट झापासम्म पेट्रोलियम पाइपलाइन बनाउने हो ।
नेपाल आयाल निगमको आफ्नै जग्गामा ४० हजार किलोलिटर क्षमताको पेट्रोलियम बनाइने छ ।
पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य सरकारको नीति तथा कार्यान्वयनमा समेटिदै आएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया