८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

व१५ प्रतिशतमा सीमित स्काई टावर, घाटामा गएपछि ६० करोड ऋणका लागि रेटिङ



काठमाडौं । काठमाडौंको व्यस्त ठाउँ कमलादीमा स्काई टावर सञ्चालनमा आएको एक वर्ष बढी समय भइसकेको छ ।

पृथक किसिमको पर्यटकीय रोमाञ्चकता प्रदान गर्दै आएको स्काई टावरको सञ्चालन वन्डर्स नेपालले गर्दै आएको छ ।

ठाउँबाट काठमाडौं उपत्यकाको दृश्य नियाल्न मिल्ने स्काई टावरमा आम सर्वसाधारणको आकर्षण कस्तो छ ? दैनिक कति जनाले यो टावरमा चढ्छन् ?

१३ रोपनी जग्गा फैलिएको स्काई टावरको कमाइ कस्तो छ ? नेपालमा पृथक किसिमको पर्यटकीय अनुभव दिइरहेको वन्डर्स नेपाल स्काई टावरको आम्दानीप्रति सन्तुष्ट छ वा छैन ? यसमा धेरैको चासो रहेको छ ।

हालै सार्वजनिक भएका तथ्यांकका आधारमा यो कम्पनीले व्यवसायिक क्षमताको १५ प्रतिशत मात्र सेवा बिक्री गरेको छ । एसियाकै पहिलो स्काई वाक टावर भनेर दाबी गरिएको टावरले वार्षिक ७ लाख २० हजार भिजिरलाई टावरमा चटाउने क्षमता राख्छ ।

मासिक ६० हजार र दैनिक २ हजार भिजिटरलाई चढाउने क्षमता राख्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार