सुर्खेत । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका, संघीय सरकार समेतको सहकार्यमा प्रदेश मुख्यालय रहेको वीरेन्द्रनगरलाई आधुनिक एवम् व्यवस्थित शहर बनाउने तयारी सुरु गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाको स्थानगत एकीकृत विकास योजना अवधारणा सार्वजनिक कार्यक्रममा प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनालले आगामी जेठ मसान्तसम्म वीरेन्द्रनगर कस्तो बनाउने भन्ने विवरण आइसक्ने बताए ।
उनले वीरेन्द्रनगरलाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रुपमा विकास गर्न यो अवधारणा ल्याइएको बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया