८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

काठमाडौं शहरको मुहार फेरिँदै



जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् ।

न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान । शहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छ, अर्थात जाँगर मर्छ ।

तर काठमाडौं उपत्यकाको स्वरुप फेरिँदैछ । नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरु निर्माण गर्ने कामले पूर्णता पाउन नसकेपनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौं ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार