८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कहाँ पुग्यो नयाँ शहर बनाउने सरकारी योजना ?



काठमाडौं । सरकारले देशैभरि विभिन्न ४० ठाउँमा नयाँ र आधुनिक शहर र वस्ती व्यवस्थीत गर्ने योजना बनाएको थियो ।

आर्थिक वर्ष २०६७/६८ देखि सरकारले व्यवस्थीत शहर बनाउने भन्दै मध्य पहाडी लोकमार्गका विभन्न १० स्थान छनौट गरेको थियो ।

५ वर्ष भित्र सक्ने योजनासहित अघि बढाएको सरकारी योजना काम सुरु गरेको ८ वर्ष सम्म सामान्य पुर्वाधारको काम बाहेक उल्लेख्य प्रगति हुन भने सकेको छैन ।

तत्कालिन पाँच विकास क्षेत्रका दुई/दुई स्थानलाई लिएर नयाँ सहर निर्माणको योजना सरकारको थियो ।

त्यसको लागि सबै स्थानमा आयोजनाको भवन पनि निर्माण गर्‍यो । तर, संघियता कार्यन्वयन गरेपछि भने सबै प्रदेश सरकारलाई हस्तान्तरण गरियो ।

यसले गर्दा आयोजनाका भवन पनि प्रत्येक प्रदेशका एक/एक गरि सातवटा मात्रै बनाइयो ।

तर, मन्त्रीपरिषद्को निर्णयले गत आर्थिक वर्षदेखि नयाँ सहर निर्माण पुन: केन्द्र सरकारको मातहतमा ल्यायो ।

निमार्णको काममा भने प्रगति हुन सकेको छैन । सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तिबाङ, अछामको साँफेबगर, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटनलाई मध्य पहाडी राजमार्गअन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने लक्ष्य राखेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार