भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीले राजनीतिक दबाब थेग्न भने पनि कनिका छराइसरह बजेट छुट्ट्याउनुपर्ने बाध्यता रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
‘बस्तीहरू डाँडापाखामा छरिएर रहेका छन् । उनीहरू सबैलाई घरआँगनमै कालोपत्र सडक चाहिएको छ,’ उनले भने, ‘जसले गर्दा नेपालको सडक पूर्वाधारको बजेट नाम नाम मात्रको हुने गरेको छ ।’
नेपालजस्तै भूभाग भएको मुलुक विश्वमा धेरै छन् । जापान, कोरिया, थाइल्यान्ड, म्यान्मा, न्यूजिल्यान्डजस्ता मुलुकका पहाडी इलाकामा मानव बस्ती नै हुँदैन ।
भए पनि बाक्लो बस्ती हुने गर्छ । तर नेपालको प्रत्येक डाँडामा छरिएर रहेका घर बस्तीहरू छन् । यसले गर्दा सडक लगायत पूर्वाधार पुर्याउन र प्राकृतिक प्रकोपमा उद्धार गर्न सरकारलाई हम्मे–हम्मे पर्ने गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया