समृद्ध समाजका लागि पूर्वाधार आवश्यक किन ? र, आर्थिक/सामाजिक रूपान्तरणको आलोकमा आर्थिक समृद्धिसँग यसको अन्तरसम्बन्ध कस्तो हुन्छ ? भन्ने आधारभूत प्रश्नबाट नेपालको पूर्वाधार विकासको बहस आरम्भ गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
नत्र हामीकहाँ पूर्वाधार भन्नेबित्तिकै एउटा साँघुरो घेराको इन्जिनियरिङ संरचना मात्र बुझ्ने समस्या छ । अझ कतिपय बहस पूर्वाधार विकासका संरचनाले ‘विनाश’ मात्र निम्त्याउने हुन् कि भन्ने शंका उपशंकाको मनोविज्ञानबाट ग्रसित छन् ।
त्यसकारण, सबैभन्दा पहिले पूर्वाधार विकासको ऐतिहासिक तथा अन्तर्राष्ट्रिय पृष्ठभूमिको उठानद्वारा बहस आरम्भ गरौं-
मानव समाज जंगली अवस्थाबाट कृषि व्यवस्थामा संक्रमण गरेपछि यसको बासस्थान परिवर्तन हुन थाल्यो जसले गर्दा गाउँ, बस्ती र सहरमा बस्ने मानव सभ्यताको विकास हुँदै गयो। मानव सभ्यताको यही विकाससँगै सबैभन्दा पहिले यातायात पूर्वाधारको आवश्यकता पर्न गयो। पैदल हिँडेर, घोडाले तान्ने बग्गी बनाएर वा नदीमा चल्ने डुङ्गा बनाएर मानिसले यातायातको प्राथमिक पूर्वाधार तयार गर्यो। त्यसपछि बिस्तारै ऊर्जा लगायतका अन्य पूर्वाधारहरूको विकास गर्यो। र, यसले आधुनिक सञ्चारको पूर्वाधारका रूपमा टेलिफोन, मोबाइल, इन्टरनेट आदिमा फड्को मार्यो।
पूर्वाधार विकासको माथिको घटनाक्रमलाई हेर्दा अघिल्लो चरणमा विकासको सपनाले प्रविधिलाई कुर्नुपथ्र्यो । अहिले जस्तो पूर्वाधारको योजना र विकासका लागि आवश्यक पर्ने प्रविधि एकैपटक उपलब्ध थिएन। पश्चिमा देशहरूको विकास प्रक्रियालाई हेर्ने हो भने १६औं शताब्दीदेखि १९औं शताब्दीको सुरुवातको अवधिसम्म अलिकति यातायातको क्षेत्रमा विकास भएको थियो। उदाहरणका लागि ठूला नदीमा नहर खनेर पानी जहाज चलाइएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया