काठमाडौं । सुर्खेतको चौकुनेमा लिफ्ट सिँचाइ आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ९७ प्रतिशत काम सम्पन्न भएको हो ।
तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सुरु गरिएको हो ।
२०८१ जेठ १६ गते ठेक्का सम्झौता गरी लिफ्ट सिँचाइ निर्माणको काम सुरु गरिएको ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
२०८२ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको बताइएको छ ।
उक्त सिँचाई आयोजना निर्माण भएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन् । अझ किसानहरु निकैनै खुशी भएका छन् ।
- आयोजना निर्माण सम्पन्न भएपछि आफूहरुलाई तरकारी लगाउन देखि हरेक कुरामा सहज हुने उनिहरुले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया