काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबूखैरेनी क्याम्पसको भवन निर्माण भएको छ । भारत सरकारको करिब ३ करोड आर्थिक सहयोगमा आँबूखैरेनी क्याम्पसको भवन निर्माण भएको हो ।
दुइ तले भवनको उद्घाटन समेत गरिएको छ । भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
क्याम्पस भवनका लागि आवश्यक फर्निचर खरिद गर्न समेत भारतीय दूतावासले थप २२ लाख सहयोग गरेको क्याम्पसले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया