काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महानगरकी प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत उक्त सडक निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको जानकारी दिएकी हुन् ।
एशियाली मापदण्डमा निर्माण भइरहेको सडकमा अहिले व्यवस्थित पिच, भूमिगत बिधुतीकरण, स्मार्ट सड़क बत्ती, हरियाली सहित सौन्दर्यकरणको काम भइरहेको छ ।
नागरिकको तर्फबाट पनि यसको जिम्मेवारी लिनुपर्छ भनेर महानगरले यस सडकसँग जोडिएका वडाहरू र दर्जनौं टोल विकास संस्थाका पदाधिकारीहरूसंग छलफल गरेको प्रमुख दाहालले बताइन् ।
छलफलमा सम्बन्धित टोलहरूले आ–आफ्नो क्षेत्रको सरसफाई, हरियाली र संरक्षणमा सकृयतापूर्वक लाग्ने प्रतिबद्धता जनाएको समेत उनले बताइन् ।
सडकका दायाँबायाँका घरधनि र होटल तथा व्यवसायीलाई फोहाेरको गाडी नआउँदै घर भित्रको फोहर सडकमा ल्याएर नराख्न समेत प्रमुख दाहालले आग्रह गरेकी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया