काठमाडौं । सहरी विकास मन्त्रालयले १०० दिनमा २६ वटा प्रशासनिक भवन र ४० वटा झोलुंगे पुल निर्माण गरेको छ ।
सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकार्ी दिए ।
आज (आइतबार) मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्रालयले ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न भएको बताएको हो ।
विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको उनले बताए । प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया