काठमाडौं । धार्के–सीतापाइला सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।
धुनिवेशी नगरपालिका–५ ले आज (आइतबार) एक सूचना जारी गर्दै उक्त सडकखण्ड बन्द गरिएको जनाएको छ ।
धुनिवेशी नगरपालिकाअन्तर्गत धार्के–सीतापाइला सडकखण्ड आजबाट बन्द गरिएको छ ।
दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरू भएकोले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा लगाइएको वडाअध्यक्ष विशाल भट्टराईले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया