काठमाडौं । विपक्षी दलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको हो ।
माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले ज्ञापनपत्र तयार गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने एमालेका उपाध्यक्ष एवं कार्यदल सदस्य पाण्डेले जानकारी गराए ।
कार्यदलका सदस्यहरुका अनुसार विपक्ष दलले मूख्य गरी बाढी पहिलोको कुरालाई ज्ञापनपत्रमा समावेश गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने पक्राउबारे विपक्षको धारणाबारे ज्ञापनपत्रमा उल्लेख नगरिएको कार्यदलका सदस्यहरुले जानकारी गराए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया