काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आईतबार ईन्जिनियर लाईसेन्स परीक्षाको पर्यवेक्षण एवम् निरीक्षण गर्नु भएको छ ।
शनिवार पुलचोक ईन्जिनियरीङ् क्याम्पसमा पुगेर उहाँले जारी परीक्षाको निरीक्षण गर्नुका साथै नेपालको ईन्जिनियरीङ् क्षेत्रको अवस्थाको बारेमा छलफल पनि गर्नुभयो । परीक्षाको पर्यवेक्षण एवम् निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत सहभागी रहनु भएको थियो ।
नेपाल ईन्जिनियरीङ् काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरीका अनुसार यस पटक ५ हजार १ सय ५१ ईन्जिनियरले लाईसेन्सको परीक्षा दिँदैछन्।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया