८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

बीपी राजमार्ग पुननिर्माण गर्न ९ अर्ब लाग्ने



काठमाडौं । सरकारले बाढी पहिरोको कारण क्षति भएको बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक सडक खण्ड पुननिर्माणको काम अघि बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक विभागले बाढीले क्षति पुगेको करिब १२ किलोमिटर सडकको पुननिर्माण गर्न अध्ययनको काम अघि बढाइएको हो । काभ्रे जिल्लाको चौकीडाँडादेखि सिन्धुली जिल्लाको नेपालथोकसम्म करिब १२ किलोमिटर सडक मध्य ८ किलोमिटर सडक पूर्ण रुपमा बाढीले बगाएको छ ।


सडक विभागले बाढीले क्षति पु¥र्याको सडक खण्डलाई पुननिर्माण गर्न भित्तो नकाटी पुल निर्माण गर्ने, तलसम्म ग्रिडिङ गर्ने वा पर्खाल लगाएर निर्माण गर्ने तीन विकल्प अघि सारेको छ । सोही अनुरुप सडक विभागबाट खटिएका प्राविधिहरुले सर्भेको काम अघि बढाएको छन् । सडक विभाग अन्तर्गत रहेको संघीय सडक अनगुमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौंका अनुसार बाढीले क्षति पगेको बीपी राजमार्गको पुननिर्माणको लागि करिब ९ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सडकको अध्ययन र पुननिर्माणको लागि विभागले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । बिपि राजमार्गको पुननिर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सडक विभागका महानिर्देशकसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल काम थाल्नु पर्ने विषयमा ब्रिफिङ समेत गरिसकेका छन् ।

विभागले राजधानी काठमाडौंबाट पूर्वी पहाड र मधेस प्रदेश जोडने लाइफलाइन सडकलाई बर्षामा पनि सुचारु गराउन तीन विकल्पमा अध्ययनको काम अघि बढाएको छ । बर्षाको समयमा पनि वैकल्पिक सडक मध्यपहाडी राजमार्गको सिन्धुरेटार तिमाल हुँदै भकुण्डेबाट यातायात सञ्चालन गर्न सो सडकको स्तरउन्नती गर्ने विषयमा पनि गृहकार्य अघि बढाएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेण्टेन शुभराज न्यौपानेले बीपी राजमार्गलाई सञ्चालन गर्ने र पुननिर्माण गर्न तीन विकल्पमा काम अघि बढाउन लागिएको बताउनुहुन्छ ।
बीपी राजमार्ग अन्तर्गत नेपालथोक मगंलटार नार्के चौकीडाँडा खण्डमा विभिन्न स्थानमा गरी ८ किलोमिटर सडक पूर्ण रुपमा बगाएको स्थानमा हाल अस्थायी डाइभर्सन गरेर सञ्चालनमा ल्याइएको छ । यस खण्डमा दशै अघि नै एकतर्फी रुपमा अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालनमा ल्याइएको थियो । तर हाल चौकीडाँडामा मोड सुधार र अन्य स्थानमा रातको समयमा पनि काम गरेर हाल दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको छ । यस सडकमा हाल ट्राफिक जाम हुने समस्या समाधान भएको छ । तर सुख्खा पहिरो खस्ने जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गर्दै आएको छ । न्यौपानेले सडक सुरक्षालाई ध्यान दिएर यात्रा गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्नुहुन्छ ।
हाल रोशी खोलाको किनारै किनार हुँदै सवारी साधन सञ्चालन गर्ने डाइभर्सन निर्माण गरिएको छ । सडक डिभिजन भक्तपुर र खुर्कोटले डाइभर्सनलाई थप व्यवस्थित बनाउदै यातायात सञ्चालन गर्न सहज बनाउने कार्यलाई तिरन्तरता दिदै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार