काठमाडौं । सरकारले अरबौ लगानीमा निर्माण गरिएका ठूला सभा हलहरु कार्यविधिको अभावमा पूर्ण रुपमा सञ्चालनमा आउन सकिरहेको छैन् । ठूला सभा हल सञ्चालनको लागि कार्यविधि नहुँदा राज्यले बर्षेनी करोडौ रुपैयाँ नोक्सानी बेर्होदै आएको छ । शहरी विकास मन्त्राल अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले दुई बर्ष अघि निर्माण गरेको दुई ठूला गोदावरी सनराईज हल र वुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकिरहेको छैन् ।
चार बर्ष अघि देशकै पहिलो तीन हजार सिट क्षमताको गोदावरीको सभा हल करिब असी करोड लगानीमा निर्माण सम्पन्न भएको थियो । त्यसैगरी वुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र २०७९ असारमा १ अर्ब ११ करोड लगानीमा निर्माण भएको थियो । अरबौ लगानी भएपनि समयमा नै कार्यविधि नबन्दा सरकारले ठूलो नोक्सानी बेर्होदै आएको छ ।
राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन गर्नको लागि सहज बनाउन दुई हजार जना हटाउने सम्मेलन केन्द्रको निर्माण गरेको हो ।अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको केन्द्र निकै आधुनिक र सुविधा रहेको छ । नेपालको झण्डाले ढाकेको सम्मेलन केन्द्रभित्र मुख्य हल सहित विभिन्न फरक–फरक क्षमताका ११ वटा साना ठूला सभा हल रहेको छ ।
सम्मेलन हल निर्माण गरेको बर्षो वितेपनि कार्यविधि नहुँदा पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको वटुवल सम्मेलन केन्द तथा प्रर्दशनी केन्द्रका आयोजना प्रमुख धर्मेन्द पन्थी बताउनहुन्छ ।
विभागले देशभर गरेर ४२ वटा सभाहलहरु निर्माण गरेको छ । तीन बर्ष अघि नै शहरी विकास मन्त्रालयले कार्यविधि तयार गर्ने काम अघि बढाए पनि छोटो–छोटो समयमा शहरी विकास मन्त्री परिवर्तन हुँदा कार्यविधिको काम अघि बढन सकेको छैन् । हाल शहरी विकास मन्त्रालयले अर्थ र कानुन मन्त्रालयसँग सहमति लिएर कार्यविधि मन्त्रीपरिषद्को कार्यालयमा पठाए पनि अझै स्वीकृत हुन सकिरहेको छैन् । कार्यविधिमा दुई हजार सिट क्षमता भन्दा बढीको सभाहल संघीय सरकारले सञ्चालन गर्ने र त्यो भन्दा कम सिट क्षमता भएका सभा हलहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी मन्त्रालयले दमकमा तीन अर्बमा लगानीमा निर्माण भएको भ्यू टावर र तीन अर्ब ८ करोडमा निर्माणाधिन धरहरा पनि संघीय सरकारले सञ्चालन गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया