९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

सडक सुरक्षाको विश्वव्यापी चासोको विषय बनेको छः मन्त्री दाहाल



२१ कातिक, २०८१ ।
काठमाडौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षाको सवाल विश्वव्यापी चासोको रुपमा रहेको बताउनु भएको छ । साउदी अवरको राजधानी रियादमा भएको सडक सुरक्षा सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्कनु भएका मन्त्री दाहालले सडक संरचनाहरुको सुरक्षा र संरचनाहरुको सुरक्षित उपयोग विश्वव्यापी सरोकार बनेको बताउनु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा कुराकानीका क्रममा उहाँले नेपालको सडक, सुरक्षा र भौगोलिक अवस्थाका बारेमा सम्मेलन मार्फत विश्व समुदायको ध्यानाकर्षण गराईएको पनि बताउनुभयो ।
विश्वव्यापी चुनौती बनि रहेको जलवायू परिवर्तन, यसका असर र प्रभावका कारण समेत सडक सुरक्षामा चुनौती बढाई रहेको आफुले संवोधनका क्रममा उल्लेख गरेको मन्त्री दाहालले बताउनुभयो । साउदी भ्रमणका क्रममा उहाँले त्यहाँका यातायात मन्त्री सालेह विन नासिरि अल साजेरसँग समेत भेटवार्ता गर्नु भयो । त्यस भेटमा दुई देश विच सडक एवम पूर्वाधार निर्माणका विषयमा हुन सक्ने सहकार्यका बारेमा कुराकानी भएको जनाईएको छ । उहाँले साउदीको सडक प्राधिकरणले संयोजन गरेको सडक सुरक्षा सम्वन्धिको प्रविधि, परीक्षण, पूर्वाधार लगायतका बारेमा स्थलगत अवलोकन समेत गर्नु भएको थियो ।
मन्त्री दाहाललाई प्रवाशी नेपाली मञ्चले स्वागत अभिनन्दन गरेको थियो भने साउदी अरवमा नेपाली श्रमिकका अवसर र चुनौती विषयक अन्तरक्रियालाई उहाँले संवोधन पनि गर्नु भयो । त्यहाँ स्थित नेपाली राजदूतावासले गरेको कार्यक्रममा कार्यवाहक राजदूत डम्बरुबल्लव पौडेल, नेपाली समुदायका विभिन्न संघ, संस्था तथा सरोकारवाला निकायहरुका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । साउदी अरवको झापाली समाजका अध्यक्ष रविन गिरी, हेल्प मधेशी साउदीका अध्यक्ष श्यामकुमार महतो, सिर्जना समाजका अध्यक्ष दिपक रेग्मी, जनजाती महासंघका विज्ञान राई, जितेन्द्र थपलिया लगायतका साउदीमा रहेका नेपालीहरुको अवस्था, सम्भावना, चुनौती लगायतका बारेमा धारणा राखेका थिए ।
ईन्टरनेशनल रोड फेडेरेशन आईआरएफ ग्लोवल र साउदी अरवको यातायात मन्त्रालयले आयोजना गरेको सम्मेलनमा मन्त्री दाहालका सल्लाहकार हर्कराज राई, सुचना प्रविधि विज्ञ मनोज दाहाल समेत सहभागी हुनु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार