८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

विमानस्थल

शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल मर्मतका लागि भोलिदेखि पाँच महिनासम्मका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिने भएको हो ।
विमानस्थल १० घण्टासम्म बन्द गरिने भएपछि नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।

नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ भने  ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने भएको छ ।

काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौँ अवतरण हुने समय पनि परिवर्तन भएको छ ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले करिब १५ अर्ब लागतमा विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्ने भएको छ । टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २२ कार्तिक २०८१, विहीबार