९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

चिलिमे–त्रिशूली प्रसारण लाइन सञ्चालनमा



काठमाडौं । चिलिमे हब सबस्टेसनदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन बुधबार साँझबाट चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदानमा ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ लागतमा उक्त प्रसारण लाइन निर्माण गरिएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । उक्त प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २२ कार्तिक २०८१, विहीबार