२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

जलविद्युत् आयोजना

मध्य भोटेकोशीको सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गरिँदै



काठमाडौं । १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्ने काम भइरहेको छ ।

कात्तिक २२ गतेदेखि मङ्सिर १८ गतेसम्म आयोजनाले सुरुङमा पानी पठाएर परीक्षण गर्न थालेको हो ।

सुरुङमा पानी पठाएर परीक्षण कार्य भइरहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ ।

आयोजनाले भोटेकोशी नदी, सुनकोशी नदी स्थित तटीय क्षेत्र नयाँ पुल, सखुवा, सानो सखुवा, बोर्डरल्याण्ड, बसेरी, ढालेकुना, जिरो, चित्रे बजार, जम्बु, सिरिसे, खाग्दल, खुर्सानीबारी, बाह्रबिसे बजार, राम्चेबजार, पेरिसडाँडा, जुरे, डया्मसाइड क्षेत्रका नदी किनारामा बसोबास गर्ने मानिसहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्ड, स्टप लग, सुरुङ लगायतका अन्य हेडर्वक्सका संरचनाहरूको प्राविधिक परीक्षण गर्ने कार्य समेत भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार