८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

राजमार्ग

बीपी राजमार्ग पुनर्निर्माण गर्न साढे सात अर्ब लाग्ने अनुमान



काठमाडौं । असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विभिन्न राजमार्गमा क्षति पुगेको थियो ।

क्षति भएका सडक संरचना स्थायी रूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँसम्म लाग्न सक्ने सरकारको प्रारम्भिक अनुमान छ ।

त्यसमध्ये रोशी खोलामा आएको बाढीले कटान गरेको बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गर्नका लागिमात्र साढे सात अर्ब लाग्ने प्रारम्भिक अनुमान रहेको छ । नका अनुसार सबैभन्दा धेरै क्षति पुगेको राजमार्ग पनि यही नै हो ।

नेपालको पूर्वी जिल्लालाई काठमाडौँसँग जोड्ने यो राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा  निर्माण भएको हो ।

सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग  करिब १० वर्ष लगाएर सन् २०१५ मा सम्पन्न भएको थियो । जसको लागत २६ अर्ब येन बराबर छ ।

२०७२ को भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो ।

यस पटक बाढी–पहिरोले क्षतिग्रस्त भएको यो राजमार्ग पुनर्निर्माणको कार्य सरकार आफैँले गर्ने कि जापानले नै सहयोग गर्ने भन्ने विषयमा अन्योल छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार