९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

गुल्मीमा साताको एक दिन मात्र हवाई उडान



काठमाडौं । पाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।

नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।

रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई सातादेखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरेलगत्तै पुनः उडान तालिका परिवर्तन गरेको हो ।

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि सात हजार तीन सय र काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार पाँच सय भाडादर कायम गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार