८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कामपाले बालकान्तिमा मोडुलर अपरेसन थियटर निर्माण गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गर्ने भएको छ ।
महानगरले ५ करोड ५० लाख लागतमा कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गर्न लागेको हो ।

निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौता पत्रमा सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा अस्पतालमा अपरेसन थियटर निर्माण तथा उपकरण जडान २०८२ जेठ मसान्तभित्र गरिसक्ने उल्लेख गरिएको छ ।

महानगरबासीलाई सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य रहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार