काठमाडौं । मुकुन्देश्वरी पदमार्ग निर्माण गर्न सुरु गरिएको छ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट उक्त पदमार्ग निर्माण गर्न सुरु गरिएको हो ।
उक्त मुकुन्देश्वरी पदमार्ग थानीमाई मन्दिरदेखि सुरु भएर चुलीडाँडामा पुगेर अन्त्य गरिने बताइएको छ ।
पर्यटकिय स्थान भएको कारणले गर्दा उक्त पदमार्ग निर्माण भएपछि पर्यटकको संख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ ।
थानीमाई मन्दिरबाट चुलीडाँडासम्म निर्माण हुने पदमार्ग दुई किलोमिटर लामो रहने बताइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया