काठमाडौं । गुल्मीको ग्लुङफेदी खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । उक्त खोलामा दुई वटा जिल्लालाई जोड्ने पुल निर्माण सुरु गरिएकोे हो ।
उक्त पुलले प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकालाई जोड्ने छ । दुई लेनको निर्माण हुने पुलको २०८१ मङ्सिर ८ गते निर्माण सम्पन्न गर्नेगरी एम/एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले काम सुरु गरेको बताईएको छ ।
उक्त मोटरेबल पुल चार करोड १४ लाख २९ हजार नौ सय ७९ लागतमा निर्माण गरिने भएको हो । तोकिएको समय अवधि भित्र पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माण भएपछि प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिका स्थानीयलाई निकै सहज हुने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया