८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

अन्वेषण

पेट्रोलियम पदार्थ अन्वेषणको काम ८० प्रतिशत सम्पन्न



काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम अहिलेसम्म ८० प्रतिशत पूरा भएको हाे ।

अन्वेषण कार्यका लागि अन्तिम तथा महत्वपूर्ण कार्यको रुपमा भएको ड्रिलिङको काम अहिले तीव्र गतिमा भइरहेको छ ।

अहिलेसम्म ३ हजार १ सय मिटर गहिराई सम्म पुगेको छ । अन्वेषणका लागि ३५ सय देखि ४ हजार मिटर सम्म वा त्यो भन्दा पनि बढी मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुराउनु पर्ने हुन्छ । आवश्यक उपकरण समयमा आई नपुग्दा लक्ष्य पहिल्याउन केहि कठिन भएको बताइएको छ ।

पेट्रोलियम पदार्थ अन्वेषणको काम गत वैशाख २८ गतेबाट सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार