काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिका–२ विशङ्खुनारायणमा प्रशासनिक भवन निर्माण गरिने भएको छ । विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिने भएको हो ।
उक्त निर्माण गरिने भवनको जिल्ला समन्वय समिति का प्रमुख ऋषिदेव फुयाँलले सिलान्यास गरेका छन् ।
उक्त सुविधासम्पन्न भवन निर्माणका लागि समन्वय समिति ललितपुरको ७५ लाख र गोदावरी नगरपालिकाको ५० लाखसहित हाल एक करोड २५ लाख रुपैयाँ विनियोजन भएको समितिले जनाएको छ ।
निर्धारीत समयमानै भवन निर्माण सम्पन्न गरेर सेवा सुरु गरिने बताइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया