मुगु : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले गमगढीदेखी रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ । आज दिउसो मुगुको सदरमुकाम मान्ममा आयोजित सर्वदलिय बैठकमा मुख्यमन्त्री कडेलले पर्यकटीकय दृष्टिले कर्णालीकै प्रशस्त संभावना बोकेको राराजाने पहुचमार्गलाई सहज बनाउन प्रदेश सरकारले बिशेष प्राथमिकतामा राख्ने बताउनुभएको हो । मुख्यमन्त्री कडेलले रारा पुगेपछि पर्यटकले जति आनन्द लिन सक्छन त्यतिनै पहुच मार्गलाई सहज बनाउन प्रदेश सरकारको ध्यान जाने बताउनु भएको हो ।
प्रदेश सरकारले रारामा पर्यटकलाई आर्कषित गर्न तालवरिपरि ४५ करोडको लागतमा साइकल लेनको निर्माण गरिरहेको बताउदै मुख्यमन्त्री कडेलले त्यसलाई समयमै सम्पन्न गर्न स्थानीय राजनीतिक दलहरुले खबरदारी गर्न पनि सुुझाव दिनुभयो । उहाँले भन्नुभयो, प्रदेश सरकारले रकम बिनियोजन गरेपनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा त्यसको जपजस सरकारले खेप्नुपरेको छ, तपाईहरुले पनि समयमा सम्पन्न गर्नेतर्फ खवरदारी गर्नुहोला । मुगुको छायानाथ मन्दीर, चंखेली हिमाललाई पर्यटकीय दृष्टिले उत्कृष्ट बनाउन तथा जडीबुटीको संभावनालाई सदुपयोग गर्न सरकारलाई सुझाव दिन पनि मुख्यमन्त्री कडेलले दलहरुलाई आग्रह गर्नुभयो ।
मुलुकको आर्थिक अवस्था त्यति सन्तोषजनक नरहेको चर्चा गदै मुख्यमन्त्री कडेलले राज्य स्वयंसँग सिमित साधन र रहेको र सिमित साधन श्रोतबाटै जनतालाई निराशा हुन नदिनेगरि उत्कृष्ट काम गर्नु परेको मुख्यमन्त्री कडेलको भनाई थियो ।
निति निर्माण, योजना र बजेट निर्माणमा जनप्रतिनिधिहरुको भुमिका भएपनि जनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्व हुने बताउदै मुख्यमन्त्री कडेलले हिमाली जिल्लाहरुमा कर्मचारी आउन नमान्ने भएकाले पनि निर्णय भएको बजेट पनि कार्यान्वयनमा समस्या देखिएको धारणा राख्नुभयो । उहाँले कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज बनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री कडेलले जिल्लाको विकासमा सबै राजनीतिक दलहरुबीच जति धेरै एकता हुन्छ त्यतिनै प्राप्ति हुने हुँदा विकास र समृद्धिमा एक भएर अघि बढन दलका नेताहरुलाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया