१४ असार २०८२, शनिबार | Sat Jun 28 2025

जलविद्युत् आयोजना

विद्युत् विकासका लागि जर्मनीद्वारा नेपाललाई एक अर्बभन्दा बढी अनुदान सहयोग



काठमाडौं । नेपालको विद्युत विकासका लागि जर्मनी करिब साढे एक अर्ब अनुदान दिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणमार्फत् विद्युत वितरण सुदृढीकरण परियोजनाका लागि जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको हो ।

एक कार्यक्रमका बीच नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस परियोजना अन्तर्गत भरतपुर, बुटवल–भैरहवा र पोखरा लगायतका क्षेत्रलाई प्राथमिकता दिइने बताइएको छ ।

नेपालको विद्युत वितरण संरचना सुदृढ गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गरी भरपर्दो र प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्नेगरी अनुदान रकम खर्च गरिने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ६ मंसिर २०८१, विहीबार