जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–७ का ताम्ती र बारागाउँमा विदयुत सञ्चालनमा आएको छ । बिगत ६ महिनादेखि अवरुद्ध विद्युत सञ्चालनमा आएको हो ।
उक्त गाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेर जिवनयापनमा सहज हुँदै आएको थियो । तर बिगत ६ महिना देखि विद्युतगृहको जेनेटरको क्वाईल, मोनिटर लगायतका सामग्री बिग्रीएपछि गाउँ नै अन्धकारमा डुबेको थियो ।
बिग्रिएका पाटपुर्जा मर्मत गरेपछि विद्युत सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । ६ महिनापछि बत्ती बल्दा गाउँनै उज्यालो बनेको स्थानीयले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया