१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको उद्घाटन



काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारले निर्माण गरेको पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को उद्घाटन गरिएको छ ।

शुक्रबार बौद्ध गुरु छोकी निमा रिम्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गुम्बाको औपचारिक उद्घाटन गरेका हुन् ।

गुम्बाको उद्घाटन गर्दै गुरु निमा रिम्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको जानकारी दिए ।

उनले बुद्ध भगवान्को जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै आफूलाई पूजाको वातावरण बनाइदिन आग्रह समेत गरे ।

डा. ल्हारक्याल लामाले लुम्बिनीमा ठुलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीका लागि गौरव भएको बताए ।

उनले परमपुज्य गुरु निमा रिम्पोछेले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्धनमा ठुलो टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार