८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

जलविद्युत् आयोजना

५७.५ मेगावाटको जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा



काठमाडौं । ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास असोजसम्मको प्रगति विवरण अनुसार आयोजनाको समग्र प्रगति ८० प्रतिशत पुगेको हो ।

आयोजनाबाट आगामी भदौभित्र विद्युत् उत्पादन शुरू हुने आयोजनाले जनाएको छ । आयोजनाको प्रगति विवरण तयार गर्दासम्म अर्थात् असोज मसान्तसम्म सिभिल संरचना निर्माण कार्य ८० प्रतिशत पूरा भएको छ ।

त्यस्तै, इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान कार्य करिब ७७ प्रतिशत, हाइड्रो मेकानिकल कार्य करिब ७९ प्रतिशत, प्रसारण लाइन तथा आन्तरिक जडान कार्य झण्डै ६० प्रतिशत सकिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार