काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ ।
मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको हो । यसअघि १५ दिनलाई समय दिएर लाइन जोडेकोमा बुधबार त्यसको समय सकिँदै छ ।
प्राधिकरणले लाइन काट्ने देखेपछि नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउनुपर्ने व्यहोराको पत्र पठाएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया