काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौता हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त सम्झौतामा हस्ताक्षरण गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय भएसँगै अब लुम्बिनी प्रदेशमा सिँचाइ अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ ।
बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय समेत गरेको छ ।
उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिँचाइ बढाउन यो परियोजनाले मद्दत गर्ने बताइएको छ । प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।
यो परियोजना लुम्बिनी सहित पाँच वटा प्रदेशमा लागू हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया