८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

जलविद्युत् आयोजना

जलविद्युत आयोजनाको काम रोक्न सर्वोच्चको अड्को



काठमाडौं । केपिलासगढी गाउँपालिका–४ बाक्सिला र ७ सुङदेलमा निर्माणाधीन मध्यरावाखोला जलविद्युत आयोजनाको काम रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

हलेसी उर्जा प्रालिले स्वीकृति नलिई स्थानीयको जग्गा हडपेर जलविद्युत आयेजनाको काम थालेको भन्दै परेको रिटमा सर्वोच्चले काम रोक्न आदेश जारी गरेको हो ।

गत कात्तिक २६ गते परेको रिटको आधारमा २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले विद्युत विकास विभाग सानो गौचरण काठमाडौं, हलेसी उर्जा प्रालि तथा उक्त कम्पनीका सञ्चालक राजन दाहाल, ध्रुब रेग्मी, सर्वधन राई र हीराकुमारी दाहालको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशको आधारमा विद्युत विकास विभागले काम रोक्न पत्राचार गर्दा समेत सम्वन्धित विद्युत आयोजनाको काम भने नरोकिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार