भैरहवा । रुपन्देहीमा आयल निगमको डिपो निर्माण गर्ने भएको छ । नेपाल आयल निगम लिमिटेडले रुपन्देहीमा डिपो निर्माण गर्ने भएको हो ।
जिल्लाको रोहीणी र ओमसतिया गाउँपालिकाको सिमानामा रहेको रोहिणी नदीको तिरमा डिपो निर्माण गरिने बताईएको छ ।
सोही डिपो निर्माण गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालय (केयु) बीच परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्झौता भएको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया