काठमाडौं । आइतबार उपनिर्वाचन सम्पन्न भएको भोलिपल्ट अर्थात् सोमबार मतपरिणाम आउने भएको छ । रिक्त ४१ क्षेत्रमा निर्वाचन भएकै दिनबाट मतगणना सुरु हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
कतिपय क्षेत्रको सोमबार सुरु हुने र त्यसै दिन परिणाम सार्वजनिक गरिने थपलियाले बताए । र्वाचनलाई शान्ति र भयरहीत बनाउन बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू गरिएको छ । यस अवधिमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार गरेका आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवारद्वय माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको छ । प्रचारप्रसारको क्रममा अनुगमन गर्दा आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया