काठमाडौं । स्थानीय तह उपचुनावमा सेना परिचालन गरिने भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।
उपचुनाव सुरक्षित, भयरहित, निष्पक्ष र शान्तिपूर्णरूपले सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तह उपचुनाव यहीँ मंसिर १६ गते हुँदैछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया