८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

मरणोपरान्त अंगदान गर्नेका परिवारलाई २ लाख दिइने



काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मरणोपरान्त अंगदान गर्नेका परिवारलाई दुई लाख दिने निर्णय गरेका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत एक लाख थप गरि दुई लाख रुपैयाँ दिने निर्णय गरेको मन्त्री पौडेलले बताए ।

निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयसँग आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने सहमति भएको छ । अंगदानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारमा मन्त्रालयले २५ हजार थपेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।

‘मृत्यपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौँ । एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौँ,’ मन्त्री प्रदीप पौडेलले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार