८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

जलविद्युत् आयोजना

किमाथांका अरुण र मुगु कर्णाली आयोजना साझेदारीको लागि आशयपत्र माग



काठमाडौं । लगानी जुटाउन नसकेको १९०२ मेगावाट क्षमताको मुगु कर्णाली तथा ४५४ मेगावाट क्षमताको किमाथांका अरुणका लागि आशयपत्र माग गरिएको छ ।

आइतबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त प्रकृतिको किमाथांका अरुण जलविद्युत् आयोजना र जलाशययुक्त प्रकृतिको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आशयपत्र माग गरिएको हो ।

सार्वजनिक–निजी साझेदारी ढाँचामा लगानी जुटाउने प्रक्रियासहित आयोजनाको स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानी माग गरिएको हो । ५१ प्रतिशत सेयरका लागि आवेदकले किमाथांका अरुणको ९३ करोड ८१ लाख र मुगु कर्णालीका लागि ४८ करोड ७२ लाख रुपैयाँ कबोल गर्नुपर्नेछ ।

साझेदारी गर्न चाहनेले आज (आइतबार)को मितिबाट १५ दिनभित्र आशयपत्रको प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रस्ताव पुस ८ गते दिउँसो २ बजे खोलिने विद्युत् उत्पादन कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार